मध्य किभमा विस्फोटको आवाज सुनियो –मेयर

Bhugolpark

२७ बैशाख, २०८२,07:44

युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताउनु भएको छ ।

यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उहाँले बताउनु भएको छ । राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विष्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन् । हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘शाहेद ड्रोन’ लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ ।



25 Views

Comments