रवि लामिछानेले किन भेटे प्रचण्ड र ओलीलाई ?

Bhugolpark

२३ बैशाख, २०८२,09:18

नेपालका भ्रष्ट्रचारमा लिप्त राजनीति दलहरूको विकल्पमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिनुलाईं अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालमा भ्रष्ट्रचार विरोधी अभियन्ताको रुपमा पत्रकारिता क्षेत्रबाट उदाएका रविको पार्टीले छोटो समयमा नै प्रतिनिधि सभामा २० सिट जित हासिल गरी राष्ट्रिय पार्टीको रुपमा चौथो ठुलो पार्टी बन्न सफल भएको थियो ।

निर्वाचनको जितेकोमा बधाई आदानप्रदान भन्दै उनले राजनीतिक पार्टीका प्रमुखहरूलाई भेट्न थालेका हुन्।

शनिबार लामिछानले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।ओली निवास बालकोटमा पुगेर उनले भेटेका हुन्। भेटमा निर्वाचन जितेपछिको शुभकामना आदानप्रदान भएको हो। निर्वाचनको अन्तिम परिणाम आएसँगै  लामिछानेले शनिबार  ओलीलाईं भेटैका हुन्।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लामिछानेले नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका थिए।

केही दिनअघि लामिछानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटेका थिए।

भेटमा लामिछानेले बधाई आदानप्रदान गर्नुका साथै आफूहरू सरकारमा जान तयार रहेको बताएका थिए। लामिछानेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट गरेका छैनन्।

लामिछानले नेतृत्व गरेको रास्वपाका २० जना सांसद छन्।



76 Views

Comments