एसईई: परीक्षाफल केहि समयमै प्रकाशित हुने, एसईईको नतिजा यसरी हेर्न सकिने

Bhugolpark

२८ बैशाख, २०८२,12:22

बिगत दुई शैक्षिक सत्र सम्म कोभिड महामारीको कारण विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन भएको थियो l एसईई: परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड लागि परेको छ l अव छिट्टै एसईई: परीक्षाफल प्रकाशित हुने 'बोर्ड'ले जनाएको छ l यो वर्ष एसईई दिने कुल विद्यार्थीहरुको संख्या ५.१४ लाख थियो l जसमा २,५७,९२४ छात्रा थिए, भने २,५७,०५३ छात्र थिए l २,००० भन्दा बढी परीक्षा केन्द्रहरु तोकिएको थियो l    

 

एसईई परिक्षाको नतिजा हेर्न आवस्यक पर्ने  वेबसाइटहरूः

a.राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

b.राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np

c.कान्तिपुर पब्लिकेशन results.ekantipur.com

d.एडु सञ्जाल www.see.edusanjal.com

e. स्प्यारो पे www.khalti.com

f.नीमा एडुकेशन फाउण्डेशन www.neemaacademy.com

g.द कनेक्ट प्लस www.theconnectplus.com

h.रीडर्स पोइन्ट www.admissionnepal.com  

 

यी वेवसाइटहरुको विकल्पमा एसएमएस र आईभीआर सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर पनि नतिजा हेर्न  सक्छन ।

a.नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड - १६००

b.जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड - ३५००१

c.इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड - ३४९४९

d.आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड - ३१००३      


59 Views

Comments