'मनकामना केबल कार'को स्तरउन्नती तिब्र गतिमा हुदै

Bhugolpark

२५ बैशाख, २०८२,15:59

अहिले मनकामना केवल कारको मर्मतसम्हार कार्य भइरहेको छ l योजना गरे भन्दा निकै तिब्र गतिमा काम भैरहेको कम्पनीले जनाएको छ l

मनकामना केबलकारले स्तरोन्नतिका लागि गत साउन २३ बाट एक महिनाका लागि आफ्नो सेवा बन्द गरेको थियो । एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नती गर्नका लागि अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिकलाई नेपाल ल्याईएको कम्पनीका संचालक राजेश बाबु श्रेष्ठले बताउनु भयो l

अहिले  केबलकारबो स्तरोन्नति तिब्र गतिमा भैरहेको छ l कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाएको छ।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गरिएको श्रेष्ठले जानकारी दिनुभयो।  कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्विल लगायत उपकरण भने साबिककै रहनेछन्।

स्तरोन्नति सम्पन्न पछी मनकामना केवलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने दाबी छ। मनकामना दर्शन प्रालिले मनकामना केबुलकार २४ वर्षअघि संचालनमा ल्याएको थियो।

यस केबुलकारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुलाई थप सहज बनाउनका लागि स्तरोन्नति  गरिएको श्रेष्ठले बताउनु भयो ।


42 Views

Comments