सुनमाया बुढा को हुन्? जसले विश्वलाई चकित पारिन्

Bhugolpark

२६ बैशाख, २०८२,13:25

नेपालकी सुनमाया बुढाले विश्वको उत्कृष्ट ट्रेल रनमा दोस्रो स्थान हासिल गरेकी छिन् ।  विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् ।  

द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराती आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।    उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परेकी हुन् । गतवर्ष यूटीएमबी थाइल्याण्डमा पहिलो भएपछि विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन्।    सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडमा सहभागिता जनाएकी थिइन्। त्यतिबेला उनी सातौं भएकी थिइन् ।  

दोस्रो स्थान हासिल गरेपछि सुनमायाले दौडमा आफुले राम्रो अनुभव महशुश गरेको बताईन् । ‘पहिलेदेखिनै हाफ म्याराथन, फुल म्याराथन युरोपमा दौडदै आएको थिए ।’ उनले भनिन्, ‘चौथो पटक फ्रान्समा दौडिन आएको थिए । वेस्ट दिने कोशिश गर्छु भन्ने थियो । ग्रुपले पनि टप टेनसम्म आए राम्रो मानिन्छ भन्ने कुरा गरेको थिए । तर सेकेन्डनै भए ।’  

पटक पटक चोटको समस्याबाट गुज्रिएकी सुनमायाले छोटो अभ्यासमा फ्रान्समा दौडिन आईपुगेको अनुभव सुनाईन् । उनले नर्थ फेसको प्रायोजनमा आफुले लामो समयदेखि अभ्यास गर्ने गरेको उल्लेख गरिन् ।    


20 Views

Comments