तनहुँ-२ मा शंकर भण्डारी विजयी, २८ वर्षपछि भत्कियो एमालेको गढ

Bhugolpark

२८ बैशाख, २०८२,01:15

तनहुँ : तनहुँ क्षेत्र न २ मा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी भएका छन्। मध्यराति आएको अन्तिम मत परिणाम अनुसार कांग्रेसका केन्द्रीय सस्दय भण्डारी एमालेका उम्मेदवार किरण गुरूङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

कूल ६८ हजार १७३ मत खसेकोमा भण्डारीले ३० हजार ६०४ मत पाए भने गुरुङलाई २५ हजार १ सय ३० मत आएको छ। एमालेको गढमा २८ वर्षपछि कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। भण्डारी २०७४ को निर्वाचनमा एमालेका केदार सिग्देलसंग ३ हजार मतान्तर पराजित भएका थिए। 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो शक्तिको रुपमा उदय भएको छ। विजय जोशीले ५३७३ मत ल्याए भने राप्रपाका नरेन्द्र प्रताप महतले १४२१ मत पाएका छन्।


15 Views

Comments