नेपाल कम्युनिष्ट पार्टी (एमाले)



भिडियोहरू
थप हेर्नुहोस् +
About Us

नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख १० (तदनुसार २२ अप्रिल, १९४९) मा भएको थियो। नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका लागि सञ्चालित सामन्तवाद– साम्राज्यवाद विरोधी सङ्घर्षका क्रममा विकास हुँदै; फुट, विभाजन तथा एकताका अनेक उतार–चढाव पार गर्दै एवम् राज्य सञ्चालनका समेत अनुभवहरु हासिल गर्दै अघि बढ्ने क्रममा यो पार्टी  बि. सं. २०५० साल        गते  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का रुपमा स्थापित भयो । मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विकास भएको हो ।  थप जानकरीको लागि दलको वेबसाइड हेर्नु होला: https://cpnuml.org/ External Link