नाम : अमृत बहादुर विश्वकर्मा
जन्म : मंसिर २४ २०४७
जन्मस्थान : पोखरा १३ मियापटन
बाबुको नाम: शमशेर बहादुर विश्वकर्मा
आमाको नाम : पार्वती विश्वकर्मा
शिक्षा:अध्ययन : +२ श्री भद्रकाली उच्च माध्यमिक विद्यालय माध्यमिक शिक्षा: शिक्षा र अंग्रेजी साहित्य पाठ्यक्रम २०६५ र २०६६मा मध्यवर्ती
अभिरुचि: प्रशिक्षणसंगीत/गायनफाईन आर्ट/स्केच/वाटर कलर पेन्टिङ्स (पीएसएम आर्ट ग्यालेरी महेन्द्रपूल ब्रिज)प्रशिक्षण:एमएस वर्ड/एक्सेल/पावर पोइन्ट/प्रकाशक कार्यालय ३६५/एडोब फोटोशप/एडोब ग्राफिक डिजाइनिङ सफ्टवेयर आदिका लागि कम्प्युटर साक्षर।आधारभूत ग्राहक सेवा प्रशिक्षण/आधारभूत रेडियो संचार प्रशिक्षण
पेशा:विशाल प्लास्टोक्याब उद्योग टाटर ग्रुप क्षेत्र बिक्री प्रबन्धकको रूपमागण्डकी धवलागिरी
सामाजिक तथा आर्थिक विकासमा ‘भ्रष्टाचारमुक्त समाजको निर्माण, बेरोजगार युवाका लागि अवसर सिर्जना, दिगो विकास र समृद्धि, "आफूले विश्वास गरेको कुरामा एक्लै उभिने साहस गरौं’ म नतिजामा विश्वास गर्छु झूट वाचा गर्दिन।केवल प्रविणता,परिश्रम,समर्पण,दृढ संकल्पले हामीलाई सफलताको लागि नेतृत्व गर्न सक्छ।
घोषणापत्र 2079 साल amrit bk
मेरो प्रतिबध्दता
अटेरी अभियान
स्थानीय निर्वाचन वैशाख ३० चुनाव
पोखरा महानगर पालिका, वडा नं. १३ को
वडा लक्ष्य २०७९ : कार्ययोजना पत्र
अमृत बहादुर विश्वकर्मा
दिवङ्गत वीर सपुत सम्पूर्ण अमर सहिदहरुलाई श्रद्धा सुमन सहित समस्त वडाबासी आदरणीय बुवा मुमा बुद्धिजीवी समाजसेवी उद्यमी व्यवसायी दिग्गज तथा युवावर्गमा आउँदै गरेको स्थानीय निर्वाचन २०७९/०१/३० मा यस वडाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार म अमृत बहादुर विश्वकर्मा लगायत सम्पूर्ण “अटेरी" अभियान अन्तर्गतका टिमको तर्फबाट हार्दीक नमस्कार टक्र्याउँदछु।
यस वडाबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा म गौरवान्वित भएको छु ।
सम्पदा बस्तीको सन्तान भएको नाताले मलाई यहाँको बस्तुस्थिति थाह छ । यहाँको आवश्यकता र जनचाहना थाह छ । चुनावको बेला आएपछि दैलो चहार्ने दलका नेताको आनीबानीबाट वाक्क भएका मतदाताले दिएको उत्साह नै मेरो प्रेरणाको स्रोत हो ।
बहुदलीय व्यवस्थाको सुरुवातसँगै भैआएका चरणबद्ध विकास सर्हानीय छन।
तर दलीय भागबन्डा टकराव प्रतिस्पर्धा तथा पार्टी टिकेट प्रक्रिया चुनाव प्रचार-प्रसार निकै खर्चालु हुनाले सबल सक्षम उम्मेदवार चयन गर्दा प्रतिनिधिहरू पार्टी दलप्रति निक्कै जवाफदेही र उत्तरदायी हुनुपर्ने देखिएका कारण। वडाको विकासको गति योजना काम कार्यवाही सर्वसुलभ तवरमा कार्यान्वय नभएको र विकासको गति निकै सुस्त र विवादास्पद रहिआएको छ।
राजनैतिक दलहरुबाट हुने पार्टीगत सिन्डिकेट प्रणालीले समाजलाई सुस्त गतिमा असमान विकासको बाटो धकेलेको र सरकारको महत्वपूर्ण अंग स्थानीय तह दलविहीन रहँदा प्राप्त हुने प्रभावकारी नतिजा उत्कृष्ट हुने हुने प्रतिबध्दता सहित यो चुनावी घोषणापत्र सार्वजनिकरण गरेको छु।
पूर्वमा मादी गाउपालिका, पश्चिममा माटेपानी, उत्तरमा वडा नं २०, ११ र १२ साथै दक्षिणमा वडा नं २६, १४, २८ र १० ले घेरिएको यस वडा नं १३ सामाजिक, धार्मिक, प्राकृतिक तथा एेतिहासिक मुल्य मान्यता बोकेको पोखरा लेखनाथ महानगरपलिकाको एक उत्कृष्ट वडा हो । २०६८ सालको जनगणना अनुसार ३,७०० घर धुरी रहेको यस वडाको कुल जनसंख्या १७,०७७ रहेको छ ।
उत्तरमा खाम घले, पोखरी गाउँ, पूर्व दक्षिण विजयपुर खोला, पश्चिममा भद्रकाली मन्दिर जस्ता रमणीय स्थालहरुले घेरिएको अत्यन्त सुन्दर अनि पर्यटकीय सम्भावना बोकेको वडा नं १३। आर्वाको घारीले चर्चित आर्वाली धानको उद्गगमथलो, बुडुवाको जेठाबुडो, उपल्लो , कुँडहरको उव्जनशील समथर फाट कृषिमा आत्मनिर्भर हुन सक्ने जमिन रहेको हाम्रो वडा।धार्मिक र सास्कृतिक रुपले विविधताले पनि भरिपूर्ण छ।
विश्वकै पर्यटकहरुको गन्तव्यको रोजाइ बनेको पोखरा आउने पर्यटनहरुका लागी नयाँ गन्तव्यको रूपमा विस्तार गर्न,कमलपोखरी ताल मा व्यवसायीक माछापालन गरी कृषि पर्यटनलाई बढाउने, आर्वाको खामघले, डि गाउँ, पोखरी गाउँमा होम स्टे,आम जीवनमा आर्थिक रूपमा रुपान्तरण गर्ने प्रयास रहनेछ ।
पोखराको सुन्दर दृष्य र अन्नपूर्ण हिमाल अनि लम्जुङ हिमालको रमणीय हिमश्रृङखला देख्न सकिने
#धार्मिक सहिष्णुता मुख्य बिशेषता रहेको यस वडामा भिविन्न एतिहसिक मुल्य मान्यता बोकेका धाम, मस्जिद, मन्दिर, गुम्बाहरु रहेका छन वडा नं १३ मा रहेका केही धार्मिक तथा एेतिहासिक स्थल हरु:
१.भद्रकाली मन्दिर
२.कमल पोखरी
३.रामसार क्षेत्र
४.जामे मस्जिद अकसा
५.महप्रभुधाम रतन पाण्डे मन्दिर
६.कमल पोखरी रामसार क्षेत्र
७.अमित गुम्बा बिजयपुर
८.राधा कृष्ण मन्दिर
९.भिमसेन मन्दिर
#सबै जनतामा शिक्षाको पहुच पुगोस भन्ने हेतुले यस वडामा भिविन्न तहका बिद्यालयहरु सन्चालनमा रहेका छन । यस वडामा निम्नन बिद्यालयहरु सन्चालन मा छन ।
१.भद्रकाली बहुमुखी क्याम्पस सरकारी
२.भद्रकाली उ मा बि सरकारी
३.रतन पाण्डे मा बि • सरकारी
४.आर्वा बिजय मा बि। सरकारी
५. बिजय प्रा बि। सरकारी
६.अमरज्योती प्रा बि । सरकारी
७.सिमला प्राबि। सरकारी
८.सिद्धार्थ प्रा बि। सरकारी
९.मौला ईस्लामिक प्रा बि। सरकारी
१०.तारा कुन्ज मा बि। बोर्डिङ
११.बाल कल्यान मा बि। बोर्डिङ
१२.ओक्स्फोर्द मा बि। बोर्डिङ
१३. चिल्ड्रेन एकेडेमी एडेन्स एकेडेमी। बोर्डिङ
स्थानीय तहका सामुदायिक विद्यालयहरूको स्तरउन्नतीमा विशेष प्राथमिकतामा रहने छन।
वडाको चौतर्फी विकास होस् भन्ने हेतुले एस वडामा विभिन्न आमा समूह, युवा समूह कार्यशील छन् । वडा न. १३ मा हाल सक्रिय समूहहरु:
#आमा समुह
१.रतन पाण्डे आमा समूह
२.सत्य आमा समूह
३.नागेशवोर आमा समूह: अध्यक्ष इन्दिरा आचार्य
४.नवदुर्गा आमा समूह अध्यक्ष सरस्वती देवकोटा ५.लगनशील आमा समुह: अध्यक्ष नारायणी बराल ६.सुर्योदय आमा समूह:
७.ज्योति महिला विकास आमा समूह:अध्यक्ष कृष्ण कुमारी बराल
#युवा क्लबहरु
१.संगम युवा क्लब : अध्यक्ष माया गुरुङ
२.साझा युवा क्लब: अध्यक्ष मनोज पौडेल
४.मुस्लिम युवा क्लब:अध्यक्ष अब्बास अलि
५.सत्य युवा क्लब : अध्यक्ष सुरेन गुरुङ्ग
वडाको सर्वाङ्गिण विकासलाई ख्याल गर्दै, अटेरी अभियान पोखराले प्रशासित गरेको ‘पोखरा लक्ष्य २०७९ (कार्ययोजना)’ प्रति पूर्ण वफादार रहँदै वडा नम्बर १३ को विकासका लागि मैले निम्नानुसारका थप कार्ययोजनाहरू बनाएको छु :
सर्वसुलभ समानुपातिक शिक्षा,स्वास्थ्य,रोजगारी सबैको वर्गको पहुँचमा हाम्रो परिकल्पना अनुरूप हाम्रो वडाको विकास भन्ने नाराका साथ प्रतिबद्धता पत्र प्रस्तुत गरेको छु।
√मेरा प्रतिबद्धताहरु
१.जातीय विभेद, छुवाछुत,लैंगिक असमानता,महिला हिँसा जस्ता समाज का व्याप्त सवै किसिमका कूरितीका बिरुद्द निडर र कटिबद्ध भएर काम गर्नेछुँ।
२.स्थानीय तहका सम्पूर्ण विद्यालयहरुको भौतिक अवस्था विद्यालयहरुको स्तरोन्नती शिक्षण शैलीमा आमूल परिवर्तनमा जोड गर्नेछू।विकासको लागी शिक्षा अति महत्वपूर्ण रहेको छ।त्यसैले वडामा रहेका सामुदायीक सरकारी विद्यालयहरुमा विपन्न, दलित तथा पिछडिएका बर्गका छात्र छात्रा विद्यार्थीलाई पुर्णकालिन छात्रवृत्तिको व्यवस्था सहितको कार्यक्रम लागु गरिनेछ।
सामुदायिक शिक्षालाई प्रतिस्पर्धी विश्वसनीय गुणस्तरीय बनाउनमा विशेष जोड गर्नेछु।
विद्यार्थीसँग उप-प्रमुख कार्यक्रम " ल्याइनेछ।जून कार्यक्रम अन्तर्गत विद्यार्थीहरुभित्र भएका क्षमताहरु बाहिर ल्याउने र व्यवहारिक एवं खोजमुलक शिक्षाको अभ्यास गरिनेछ।
विद्यार्थीसँग स्वास्थ्यकर्मी कार्यक्रम संचालन हुनेछन
स्थानीय टोल विकास समितिलाई जिम्मेवारी दिएर टोल शिक्षा कार्यक्रम ल्याइनेछ।टोलमै कार्यक्रम संचालन गरि बालबालिकाहरुलाई अध्ययन गर्ने बानी बसाउनेछुँ।
३.वडामा महानगरसँग समान्नोय गरी दैनक दक्ष फिजिसियन द्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउने व्यवस्था गरिनेछ। सामुदायीक स्वास्थ्य केंद्रमा विशेषत महिला वृद्ध तथा सिसु स्वास्थ्य सँग केन्द्रित सुविधा उपलब्ध गराउने छू।
टोल स्वास्थ्य शिविर संचालन हुनेछन् । स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनेछुँ।
गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण सँगै आर्थिक रुपले विपन्न परिवारका गर्भवती/सुत्केरी आमाहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति गर्न पहल गर्नेछुँ। टोलमै स्वास्थ्य सेवा दिन पहल गर्नेछुँ।
वडामा निःशुल्क एम्बुलेन्स र सव वाहन को व्यवस्था गर्नेछु।
४.स्थानीय कला, सँस्कृती र पुरातात्त्विक वस्तुहरुको संरक्षण गर्ने कार्यक्रमहरु बनाउनेछुँ
संस्कृति पर्यटनको अभिन्न अंग हो त्यसैले एकीकृत रूपमा रहेका पुराना बस्ती न्यूनतम १०० घर इस्लाम बस्ती तथा गुरुङ बस्ती,नेवार बस्ती समूहगत रूपमा रहेका पुराना अन्य बस्तीहरुको घर निर्माण गर्दा संस्कृति झलकाउने
वास्तुकला मूलबाटो सम्मुख हुनेगरी निर्माण गर्नेका लागि महानगर सँग समन्योए गरी उचित अनुदान प्रदान गर्ने जसले गर्दा स्थानीय तहमा पर्यटन विकास हुनेछ।
५.झै-झगडा मुक्त नैतिकवान समाज बनाउन पहल गर्नेछुँ।वडा १३ मा बृहत् पुस्तकालय सङ्गै सङ्ग्रहालय स्थापना गरिनेछ।साहित्यिक एवं साँस्कृतिक विकासका कार्यक्रम संचालन गरिनेछन्।
जसले गर्दा विभिन्न वर्ग समुदाय को कला संस्कृतिबारेमा
ज्ञान सहित सहिष्णुता र सम्मान बढ्नेछ।
समाजमा भाइचारा र शान्ति कायम हुनेछ।
६.न्यूनतम रोजगारीका कार्यक्रमहरु ल्याइनेछन्। डोजरको सट्टा निश्चित मापदण्ड बनाइ जनशक्ती मार्फत काम गर्नेछुँ।
जनसक्ती परिचालन मार्फत दैनिक जोहो गर्न मुस्किल पर्नेहरुलाई अल्पकालीन रूपमा पूर्ण राहत मिल्नेछ।
र स्वच्छिक बेरोजगारीको समस्या कम हुने छ।
वडा भित्र हुने जुनसुकै ठेक्कापट्टाको काम विशुद्ध प्रतिस्पर्धा मार्फत गरिनेछन्। सिफारिस मात्रै नगरी पारदर्शी र खुल्ला प्रतिस्पर्धा गराउनमा भूमिका रहनेछ।
भ्रष्टाचार रहित, पारदर्शी र सुशासन सहितको वडा बनाउन यूवा साथीहरुसँग सहकार्य गर्दै सुशासन र असल राजनीतिक सँस्कार स्थापित नमुना वडा बनाउनेछुँ।
हरेक स्थानीय विकास निर्माणका परियोजनामा उत्पीडित वर्गलाई प्राथमिकतामा राखिनेछ।
७.असहाय, टुहुरा र विपन्न बालबालिकाहरुको साथै अपाङ्ग र वृद्ध वृद्धजीवन सँग प्रत्येक्ष प्रभाव पार्ने कार्यक्रमहरु ल्याइनेछ शिशु स्याहार र एउटा चिल्ड्रेन पार्क जहाँ बालबालिकाहरुले मनोरञ्जनका साथै क्षमता पर्दर्शन गर्न सक्ने बालमैत्री पार्क निर्माण गरिनेछ। वृद्ध हरुको लागि मिलन केन्द्र स्थापना गरिनेछ।
८.विदेशिएका यूवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरित गर्ने र
युवाहरुलाई सिकेर आएको सीप अनुसारको व्यवसाय गर्न उत्प्रेरित गर्ने उद्देश्यले वडाले महानगरसँग समन्वयन गरी सहयोग गर्नेछ।परम्परागत ज्ञान, सीप हस्तान्तरण गर्न तथा साना व्यवसाय सञ्चालन गर्नका लागि नियमित तालिम तथा प्रशिक्षण दिने व्यवस्था गर्नेछु।
विभिन्न सहकारी संस्था सँग समन्वयन गरी बिना धितो नुनतम ब्याजमा ऋण उपलब्ध गराई देशमै केही विकास गर्न प्रेरित गराउने छू।
तालिम तथा सहुलियत ऋण वडा भित्रका सहकारीहरु परिचालन गरी वर्षेभर निःशुल्क सीपमूलक र व्यावसायिक तालिम प्रदान गर्ने प्रबन्ध मिलाउने व्यवस्था गर्ने छु । सीपकै अभावका कुनै पनि व्यक्ति बेरोजगार बस्नु नपरोस् भन्ने कुराको सुनिश्चिततागर्ने छौँ ।
९.सहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहित गर्ने छौँ। कुहिने फोहोरलाई कम्पोस्ट बनाएर कौसी खेती गर्नेलाई सरसफाइ करमा छुट दिने पहल गर्ने छू।वास्तविक कृषकहरुको पहिचान गरि ऋण अनुदान दिइने छ।साथै किसानहरू बाट उत्पादित खाद्य वस्तुको उचित मूल्यमा गरी बजार भाउ प्रदान गरिनेछ। वडाभित्रै
कृषि बजार तथा मण्डी सञ्चालन गरी उपभोक्तालाई प्रतक्ष्य सहुलियत हुने गरी आयातित वस्तु भन्दा वडा मै उत्पादित
वस्तु खेर नजाओस् भन्ने हेतुले स्थानीय निकायमा व्यापार प्रबर्दन गरिनेछ।
१०.यस वडाका हरेक डाँडाहरुमा भएका मन्दिरहरु लाई प्रवलिकरण गरि स्थानीय कला कौसल र परम्परालाई प्राथमिकतामा राखी थोरै आर्थिक लगानी र अधिकतम जनस्तरबाट काम गर्ने वातावरण सिर्जना गरि पर्यटकीय क्षेत्र बनाउन पहल गर्नेछुँ।
स्थानिय मठ मन्दिर, गुम्बा, चर्च तथा मस्जिद को संरक्षण गरि त्यसमा आवश्यक खानेपानी तथा सार्वजनिक शौचालयको निर्माण गरिनेछ।
११.वडमा रहनुहुने क्षमतावान यूवाहरुको संजाल निर्माण गरी उहाँहरुको भिजनको उचित कदर हुने गरि समग्र वडाको समृद्धिको मार्ग निर्माण गर्न अभिप्रेरित गर्नेछुँ।
१२.स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ वडा मा रहेको खेलमैदान हरुको उचित व्यवस्थापन गरी।
टोल विकास समिति तथा विद्यालयहरसँग समन्वयन सहकार्य गरी खेलकुदमा युवा तथा विद्यार्थीलाई उचित प्रोत्साहन गरिनेछ।
युवा क्लवको संरक्षण मा रह्वाने गरी वडा मा सार्वजनिक जिमखाना निर्माण गर्नमा विशेष जोड दिनेछु।
जाँडरक्सी एवं दुर्व्यसनको कुलतमा रहेका यूवाहरु लाई सत्मार्गमा हिडाउने कार्यक्रम संचालन गर्नेछुँ।
१३.कहुङ्खोला तथा विजयपुर खोलाको पानीलाई वडा १३ का आम जनसमुदाय माझ स्वच्छ खानेपानी रूपान्तरण गरी पानीको समस्या लाई दीर्घकालीन रूपमा समाधान गर्न सक्ने गरी योजना र कार्यान्वयनमा जोड दिनेछु।खानेपानीको जलाधार क्षेत्रलाई दिगो,व्यवस्थित सफा र सुरक्षित बनाउन विभिन्न कार्यक्रम ल्याउने छू।ग्रामीण क्षेत्रको खानेपानीका मुहान, मूल, कुवा, धारा आदिलाई प्राकृतिक र साँस्कृतिक सम्पदाको रूपमा जगेर्ना गर्नेछु।
वडा भित्र बहने नदी नाला ढल, नहर ,ताल ,सिंचाईको उचित व्यवस्थापन र संरक्षणमा विशेष कार्यक्रम सहित पहल गर्नेछु।
बर्सेनि बाढीको समस्याले ग्रसित समुदायलाई उचित राहत तथा दीर्घकालीन अल्पकालीन समाधानमा विशेष ध्यान दिनेछु।
१४.प्रत्येक टोल विकास समितिलाई अधिकार सम्पन्न बनाई चोकचोकमा सुझाव पेटिका राख्नेछु।मेरो मोबाइल नम्बर सार्वजनिक गरी जनगुनासो सुन्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्नेछु ।
१४.वडा का सबै टोल विकास समितिहरूलाई टोलको सौन्दर्य वातावरणीय र पर्यतकिए तवरले टोल विकास बीच पृतैसप्रधत्मक वार्षिक कार्यक्रम हरु ल्याई उचित पुरस्कार व्यवस्था गति टोल विकास का निमित्त प्रोत्साहन गर्ने छू।
सबैको साझा संकल्पबाट हाम्रो वडा महानगरकै उत्कृष्ट वडा बनाउन सकिन्छ । वडा विकासको संकल्पमा म सबैका कुरा सुन्नेछु । विज्ञहरूको राय सुझाव लिनेछु । युवाहरूको सपनालाई पुरा गर्ने संकल्प गर्नेछु । मेरो प्रशासन कालमा वडाबाट पाइने कुनै पनि तलब, भत्ता तथा सवारी सुविधा नलिने घोषणा गर्दछु । यो रकमले वडाका गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति दिने घोषणा गर्दछु ।
सधै दलको झण्डा बोकेर हामी कतै पुग्दैनौँ । एक पटक राष्ट्रिय झण्डा मात्रै बोकेर, छातीमा हात राखेर, आफ्नो आत्मलाई साक्षी राखेर मनमनै सोच्नुस् । यो देशको सार्वभौम र स्वतन्त्र नागरिक भएर सोच्नुस् । के ‘अटेर’ गर्न आवश्यक छैन ?
बैशाख ३० गते मतदान केन्द्रमा म तपाईँको विवेकपूर्ण मतको प्रतीक्षा गर्नेछु ।
सबैको जय होस् ।
अमृत बहादुर विश्वकर्मा
वडा अध्यक्ष पदको स्वतन्त्र अटेरी उम्मेदवार
पोखरा महानगर पालिका, वडा नं. १३
सिधा सम्पर्क : ९८२३१८९३४९