२०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित ।२०३५–०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी ।२०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित ।२०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित । २०३८ सालमा तत्कालिन नेकपा (माले) को युथ लिगको सचिव । २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित । २०३९ सालमा नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा निर्वाचित । २०४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला कमिटीको सचिव र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य । २०४६ सालको जनआन्दोलनमा नेकपा (माले) द्वारा गठित “प्रजातान्त्रिक आन्दोलन समन्वय समिति” को सचिव । २०४६ सालको जनआन्दोलनको योजना निर्माणमा संलग्न र सक्रिय सहभागी । वि.संं. २०४७– २०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिव । २०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित । २०५७–०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिव । वि.सं. २०५८–२०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज । नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिव । २०७२—७४ मा नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको संयोजक । २०७४—७८ मा १ नं. प्रदेश कमिटीको इन्चार्ज ।