बीपी कोइरालाबाट प्रभावित भई २०३३ सालदेखि राजनीतिमा प्रवेश । २०३४ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य । २०३६ सालको जनआन्दोलनमा सक्रिय भएबापत पक्राउ परी तम्घास र तानसेन जेल चलान । २०३८ देखि २०४२ सम्म दुई कार्यकाल नेपाल विद्यार्थी संघ, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पाको सभापति । २०४१ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियु सभापतिका उम्मेदवार । २०४२ सालमा सत्याग्रह आन्दोलनमा सक्रिय भूमिकाका कारण पक्राउ परी पाल्पा जेल चलान । २०४३ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको स्ववियु सभापतिको उम्मेदवार । २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य । २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत पक्राउ परी जेल चलान । २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री । २०६२/०६३ सालको जनआन्दोलनको नेतृत्व गरी महत्त्वपूर्ण भूमिका । २०६५ सालमा संविधानसभा सदस्य उम्मेदवार । २०६७ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित । २०७० सालमा संविधानसभामा सभासद् निर्वाचित । २०७२ मा पुन: नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित ।विद्यार्थीकालदेखि नै पूर्णकालीन राजनीति गरेका प्रस्ट वक्ताका रुपमा चिनिने भण्डारी पार्टीभित्र र बाहिर पनि अन्याय र गलत कुराको खुलेर विरोध गर्ने नेताका रुपमा चिनिन्छन् । राजनीतिक आन्दोलनका क्रममा २०३६, २०४२ र २०४६ मा पटक–पटक जेल परेका उनी संघर्षशील नेता हुन् । संविधानसभा सदस्य हुँदाको तलबभत्ता शिक्षा क्षेत्रमा खर्च । विभिन्न कलेज र स्कुलमा विपन्न वर्गका २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान । जिल्लाको बलिथुम, बम्घा, हुँगालगायतका विपन्न बोटेमाझी बस्तीका बालबालिकाको अभिभावकत्व ग्रहण । विगत सात वर्षदेखि हरेक वर्षको दसैंमा बोटेमाझीलाई टीका लगाइदिने र लत्ताकपडा, खाद्यान्न तथा बालबालिकालाई पाठ्यपुस्तक दिने र विद्यालयको पठनपाठनको खर्च ब्यहोर्ने गरेको । सांसदमा बहाल हुँदा २०७४ मा पार्टीको निर्णयविपरीत अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको नेतृत्व गरेपछि पार्टी नेतृत्वले आफूलाई उपेक्षा गरेको उनी बताउँछन् । जनतालाई परेका बेला पार्टीभन्दा माथि उठ्ने नै आफ्नो विशेषता भएको उनको दाबी छ ।