इशा खड्का लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला अर्थात भैरहवा महानगर पालिकामा अवस्थित स्वतन्त्र मेयर कि उम्मेदवार हुन्। सासु-ससुरा, १ छोरा १ छोरी,श्रीमान सहित ६ जनाकोमध्यम बर्गिय परिवार छ। श्रीमानको आफ्नै पेसा छ,उनि एक शिक्षिका हुन्। उनि मन्टेश्वरी ट्रेनर तथा सामाजिक अभियन्ता पनि हुन्। भावि सन्तानका लागि थोरै भए पनि सहज वातावरण होस् भन्ने चाहानाले आज परिवर्तनका लागि उठाउन खोजेको आवाज र नयाँ कदम स्थानिय तहमा पुर्ण रुपमा जनताले आफ्नो हक- अधिकार सहित बिकास भएको हेर्ने उनको चाहना छ। खड्का शिक्षण , गायन ,नृत्य , लेख- लेखन मा निकै रुचि राख्छिन।
- नागरिकहरुको आधारभूत आवस्यकता तथा हक अधिकारहरु सुनिश्चित गर्ने,
- भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने,
- प्रशासनिक कार्यहरु लाइ चुस्त र दुरुस्त बनाउने,
- प्रदुषण रहित वातावरण व्यवस्थापन लाइ विशेष ख्याल गर्ने,
- आर्थिक सम्रिदी सहितको समाज निर्माण गर्ने,