नेपाली कांग्रेसको विद्यार्थी संघठन नेविसंघमा २०४७ सालमा आबद्ध भएर राजनीति सुरु गरे । २०५४ सालमा कांग्रेसबाट स्वतन्त्र भएर निगौल गाविसको अध्यक्षमा निर्वाचित । २०५९ सालमा सामाजिक संस्था कुशवाह समाजको केन्द्रीय कोषाध्यक्ष, २०७४ मा संघीय समाजवादी फोरम प्रवेश गरी २०७४ को संघीय निर्वाचनमा महोत्तरी १ बाट निर्वाचनमा प्रतिस्पर्धा । जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य हुँदै २०७९ असोजमा एमालेमा प्रवेश र एमालेबाट क्षेत्र नं. १ को उम्मेदवार ।