२०३७ सालमा अनेरास्ववियू पाँचौँको जिल्ला कार्यसमिति । २०४१ सालमा सिरहामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिवमा निर्वाचित । २०४१ मै नेपाल ल क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित । जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य । ०४७ मा पार्टी सदस्यता लिएर २०५१ मा जिल्ला कमिटी सदस्यमा निर्वाचित । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ । सिरहा जिल्ला इन्चार्ज २०७६ । हाल नेकपा एमालेमा आबद्ध ।संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा ३ बाट प्रत्यक्ष निर्वाचित ।राजनीतिक आन्दोलनका क्रममा २०३७ सालमा ३५ दिन र २०४१ सालमा सात दिन थुनामा ।