२०३७ सालबाट राजनीति सुरु गरेका प्रकाश ज्वाला नेकपा एमाले त्यागेर एकिकृत समाजवादीमा लागेका छन् । उनी २०५६ सालमा पहिलोपटक सल्यानबाट संसदमा निर्वाचित भएका थिए । २०७० सालको दास्रो संविधानसभा सदस्य र २०७४ सालमा सल्यानबाट प्रदेशसभा 'ख' बाट निर्वाचित भएका थिए । उनले कर्णाली प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।