सूर्यमान दोङको राजनितिक यात्रा २०४४ सालबाट सुरु भयो । ३५ वर्षदेखि नेकपा माओवादी केन्द्रकै राजनीतिमा सक्रिय रहेका दोङ माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् । विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा पार्टी केन्द्रीय समिति सदस्य समेत भएका थिए । निरन्तर केन्द्रीय सदस्य हुँदै हाल आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य रहेका उनी काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् ।