२०४१ सालमा नेविसंघको विद्यालय इकाई समितिका सभापति उनी २०४३–०४५ मा मेची क्याम्पस इकाई सभापतिको रुपमा निर्वाचित भएका थिए । स्कुल, क्याम्पसको सफल कार्यकाल सम्हालेका उनी नेविसंघको केन्द्रिय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति बनेका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्याधिक मतका साथ महामन्त्रीमा विजयी बनेका थिए । उनी २०७५ मा केही समय पार्टीको प्रवक्ता पनि बनेका थिए ।